
१७ असार, बुटवल । बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।
अर्थमन्त्री धनबहादुर मास्कीले वैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरे लगत्तै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् । सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको अडान छ ।
सभामुख तुलाराम घर्तीले भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे । यसअघि असार १० गते बस्ने भनिएको वैठक १३ गते आइतबारको लागि आह्वान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4