+

जिम्बाव्वेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट

२०८० असार  १७ गते १८:४० २०८० असार १७ गते १८:४०
जिम्बाव्वेलाई हराउँदै श्रीलंका विश्वकपमा छनोट

१७ असार, काठमाडौं । जिम्बाव्वेलाई ९ विकेटले हराउँदै श्रीलंका विश्वकप क्रिकेटमा छनोट भएको छ ।

विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अपराजित रहेको श्रीलंकाले सुपर सिक्समा घरेलु टिम जिम्बाव्वेलाई हराएउँदै एक खेल अघि नै विश्वकपमा छनोट भएको हो ।  विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने छ ।

बुलवायोमा घरेलु टोलीले दिएको १६६ रनको सामान्य लक्ष्य श्रीलंकाले ३४ औं ‌ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

श्रीलंकाका लागि पथुम निसन्काले नट आउट १०१ रन बनाए । कुशल मेन्डिस २५ रनमा नट आउट रहे भने दिमुथ करुणारत्ने ३० रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोलीले ३२.२ ओभरमा सबै १० विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि सेन विलियम्सले ५६ रन बनाए ।

हारपछि पनि जिम्बाव्वेको विश्वकपमा छनोट हुने संभावना बलियो छ । तर उसले त्यसका लागि सोमबार हुने खेलमा स्कटल्याण्डलाई हराउनु पर्ने छ ।

विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय