+
+

‘भ्वाइस अफ नेपाल ४’का कोच र विजेताले फ्यानलाई समर्पित गर्दै ल्याए गीत ‘धन्यवाद’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते २०:२१

काठमाडौ । गायक राजु लामा र ‘द भ्वाइस अफ नेपाल सिजन ४’ बिजेता करण राईको ‘धन्यवाद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विजेता बनाउन सघाउने फ्यानलाई समर्पित गर्दै ल्याएको गीतमा कोच राजु र विजेता राईको स्वर समावेश छ ।

लामाको शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । गीत सार्वजनिक गर्दै गायक राईले लेखेका छन्, ‘ हजुरहरुले दिनुभएको प्रेमको निम्ति केही दिन नसके पनि मेरो गुरु/कोच आदरणीय राजु लामा सर र मेरो तर्फबाट हाम्रो आवाजमा यी नै कृतज्ञताको शब्दसहित यो ‘धन्यवाद’ गीत यहाँहरु माझ अर्पण गर्दछौं ।’

‘धन्यवाद’ गीतको भिडियोमा गुरु-चेला राजु र करण नै फिचर्ड छन् । गीतको शब्दमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसँगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?