
मेयर बालेन शाह
१७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ ।
मेयर बालेन शाहले महानगरपालिका आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताए ।
उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने बताएका हुन् ।
यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4