
१८ असार, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लागेको छ । निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि थप निर्माण कार्यका लागि ठेक्का आह्वान भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष-क्षमादेवी-बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृत भएको छ । प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लागेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4