+
+

विद्युतीय ट्रान्सफर्मर चोरी गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १८:१४

१८ असार, काठमाडौं । विद्युतीय ट्रान्सफर्मर र तार चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय अशोक साह, ४६ वर्षीय रामलाल महतो, ३६ वर्षका विरेन्द्र राय र ३७ वर्षका सुखल महतो रहेका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

उनीहरुले रौतहट जिल्लाका विभिन्न स्थानका खुल्ला तथा एकान्त ठाउँमा जडान रहेका ट्रान्सफर्मरहरु आर्थिक लाभ लिने उद्देश्यले चोरी गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?