
२० असार, दाङ । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।
बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4