+
+

गायक रविन तामाङको रगत र भिसेरा परीक्षण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:०७

२० असार, काठमाडौं । मंगलबार राति निधन भएका गायक रविन तामाङको रगत र भिसेरा जाँच गरिने भएको छ । मंगलबार राति आफ्नै कोठामा मृत अवस्थामा भेटिएका रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको टोलीले उनको शव परीक्षण गरेको थियो । अस्पतालले प्रहरीलाई रविनको मृत्यु मुटुको समस्याका कारण भएको जानकारी दिएको प्रहरी स्रोतको भनाइ छ । तर उनको मृत्युको अनुसन्धानलाई थप सहज बनाउन बुधबार भिसेरा र रगत परीक्षण गर्न लागिएको प्रहरीको भनाइ छ ।

स्रोतका अनुसार भिसेरा परीक्षणबाट रविनले मृत्यु हुनुअघि के खाएका थिए भन्ने खुल्नेछ । रविनको मृत्यु भएको खबर पाएपछि मंगलबार राति नै प्रहरी उनको बुढानीलकण्ठ–५ चिसेनीस्थित घरमा पुगेको थियो ।

उनको मृत्युको घटनाको महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अनुसन्धान गरिरहेको छ । उनको मृत्युमा बाहिरी व्यक्तिको संलग्नता नरहेको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?