+
+

नेविसंघको तालाबन्दीले संस्कृत विश्वविद्यालयमा उप-प्राध्यापक पदको परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:३२

२० असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले नेविसंघको तालाबन्दीको कारण २१ गतेदेखि हुने भनिएको उप-प्राध्यापक तथा बरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।

आयोगले २०७८ साल चैत १६ गते उप–प्राध्यापक र २०७९ साउनमा बरिष्ठ प्रशिक्षक पदको विज्ञापन गरी विहिवारदेखि लोक सेवा आयोग अनामनगर, काठमाडौंमा हुने जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?