+
+

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १२:४३

२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपलिका-३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका-३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको डीएसपी चन्दले बताए ।

यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको छ ।

उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?