+
+

ललिता निवास प्रकरणमा दिनेश अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १२:२६

काठमाडौं । गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अधिकारीसहितका चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीका एक अधिकृतका अनुसार फाइल टिप्पणी उठाउने र सदर गर्ने कार्यमा जोडिएको आशंकामा अधिकारीसँगै सचिवहरु दीप बस्न्यात, छविराज पन्त र नारायणगोपाल मलेगोविरुद्ध पनि पूर्जी जारी भएको छ । टिकिन्छा गुठीमा जग्गा लैजान उठाइएको टिप्पणी आदेश सदर गरेका अधिकारी २०६८ माघ २३ देखि २०६९ कात्तिक १४ सम्म भूमिसुधार मन्त्रालयको सचिव थिए ।

सयौं चर्चित गीतका रचनाकार अधिकारीका गीतलाई तारादेवी, नारायण गोपाल, गोपाल योञ्जनसहित पछिल्लो पुस्ताका गायक-गायिकाले समेत गाएका छन् । उनका ‘सोचेजस्तो हुन्न जीवन’, ‘तिमी यसै लजायौ’, ‘यो सम्झिने मन छ’, ‘पहाड झुक्नुपर्छ’, ‘जिन्दगी यो यस्तै छ’, ‘फेरि तिम्रो याद आयो’, ‘बोलबोल पाखाहरु’ लगायत थुप्रै गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?