
२२ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पूँजीबजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् ।
धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पूँजी बजार फोरमको सदस्यमा चयन भएका हुन् ।
उनलाई महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । उनी हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष समेत हुन् । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन् ।
आफू पूँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4