+
+

‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने सभापति भेलाको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १७:१५

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै सकिएको छ ।

बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिबद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जनाएका छन् ।

पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भ्रातृ संस्थालाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए ।

ती विषयहरुलाई केन्द्रीय समितिको बैठकमा उठाउने वचन दुई महामन्त्रीले दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।

जिल्ला सभापतिहरुसँग निरन्तर संवादमा रहन ह्वाट्स एप ग्रुप बनाउने र त्यहाँ जिल्ला सभापतिहरूले त्यो ग्रुपमा आफ्ना गुनासो राख्ने निर्णय भेलाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?