+

प्रधानमन्त्री हसिनालाई भेटेपछि बंगलादेशका कप्तान तमिमले फिर्ता लिए सन्यास

२०८० असार  २२ गते १८:२७ २०८० असार २२ गते १८:२७
प्रधानमन्त्री हसिनालाई भेटेपछि बंगलादेशका कप्तान तमिमले फिर्ता लिए सन्यास

२२ असार, काठमाडौं । बंगलादेशी ब्याटर तमिम इकवालले एक दिनपछि नै आफ्नो सन्यास फिर्ता लिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि तमिमले सन्यास फिर्ता लिएका हुन् ।

उनले अफगानिस्तान विरुद्धको ओडीआई शृंखलाको पहिलो खेलमा हार बेहोरेपछि बिहीबार आकस्मिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

आफूले सबैलाई अस्वीकार गर्न सक्ने तर प्रधानमन्त्रीलाई अस्वीकार गर्न नसक्ने बताउँदै तमिमले सन्यास फिर्ता लिएको बताएका छन् ।

प्रधानमन्त्री हसिनासँगको भेटमा तमीमको साथमा बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन तथा पूर्व कप्तान मशरफे बिन मुर्तजा पनि सामेल थिए ।

विश्वकप क्रिकेट सुरु हुन ३ महिना अघि अनुभवी क्रिकेटरले सन्यास लिए पछि बंगलादेशी क्रिकेट टिम चिन्तामा थियो ।

तमिम इकवाल शेख हसिना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय