+
+

काठमाडौं महानगरले सुरु गर्‍यो संस्थागत विद्यालयमा छात्रवृत्तिको प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १७:३३

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ ।

संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको हो ।

महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको जनाएको छ ।

११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाले जनाएको छ ।

आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।

शिक्षा ऐन-२०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?