+
+

सदन तीन नेताको मात्रै होइन, गलत भइरहेको छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १७:२०

२४ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन नेताको मुडमा संसद चल्न नसक्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले तीन नेताको कुरा मिल्दा चल्ने नत्र नचल्ने हुनु गलत अभ्यास रहेको बताए ।

‘सदन केही नेताको मुडमा चल्ने चिज होइन, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’, उनले भने, ‘जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् ।’

तीन दलले संसदमा सिन्डिकेट लागु गर्न लागिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । आफूले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग पनि कुरा गरेको बताए ।

‘मैले सभामुखसँग भने कुरा गरेको छैन,’ उनले भने । महत्त्वपूर्ण कानुन पारित गर्ने अवस्थामा संसद ठूला तीन दलका नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले असहमति व्यक्त गरे ।

‘जनप्रिय देखाउन अन्तिम समयमा ल्याएको । कहिलेकाँही प्रतिपक्षीबीच साझा मुद्दा हुनुपर्छ । सदन चल्नुपर्छ र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ उनले भने ।

उनले रास्वपा कुनै अमुक पार्टीको पछाडि लागेको आरोप लागिरहेको भन्दै पार्टी कुनै बिमाले नभएर रास्वपा नै रहेको बताए ।

‘हामी कसैको पछि लागेका छैनौं’ उनले प्रश्न गरे, ‘हामी कहाँनेर एमालेसँग छौं ?’ उनले रास्वपा देशको चौथो राजनीतिक शक्ति भएकोले आफ्नै मुद्दा र एजेन्डामा उभिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?