२४ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ एपीएफ विजयी भएको छ ।
एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गरेको हो । एपीएफले गण्डकीलाई २१–२५, २५–२१, २५–२३ र २५–१७ ले पराजित भएको हो ।
पहिलो सेटमा एपीएफलाई जितेको गण्डकी बाँकी ३ सेटमा विभागीय क्लब अगाडी कमजोर देखियो ।
तीन भारतीय खेलाडी सम्मिलित गण्डकी लगातार दोस्रो हार बेहोरेको हो । गण्डकीले आफ्नो तेस्रो खेल सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रतिक्रिया 4