+
+

लिङ्देनलाई प्रचण्डको जवाफ : तपाईं प्रधानमन्त्री हुँदा पनि त्यस्तै हुने होला

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:३४

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले माग गर्दैमा राजीनामा नदिने बताएका छन् । तर आफ्नो अन्तरआत्माले भनेमा एक मिनेट पनि पदमा नबस्ने बताए ।

१८ असारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि संसदमा स्पष्टीकरण दिएका उनले कमजोरी स्वीकार गरे । आफू भावुक भएको र प्रधानमन्त्रीका रुपमा नभई ज्ञानु (जेठी छोरी) को बाबुका रुपमा प्रस्तुत भएको बताए ।

त्यसक्रममा उनले आफ्नो राजीनामा माग्ने एमाले र राप्रपालाई समेत जवाफ दिएका छन् । आफूलाई कसले प्रधानमन्त्री बनायो भनेर प्रश्न गर्दा संसदमा भएका सबै दल पनि प्रश्नमा पर्छ भन्ने सम्झिन एमालेलाई आग्रह गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नाम नै लिएर नैतिकता कसले देखायो, कसले देखाएन विवेचना गर्न आग्रह गरे । यसअघि दुई पटक आफूले नैतिकताकै आधारमा राजीनामा दिएको भन्दै प्रचण्डले अगाडि भने, ‘अहिले पनि तपाईँले भनेर त गर्न सक्दिन । मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्न सक्दिन ।’

संसदमा एउटा सस्कार पनि बसाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, प्रतिपक्षले मागिहाल्यो, सत्तापक्ष भागिहाल्यो भने यो देशको गति के हुन्छ ? अहिले मैले त्यसो गरेँ भने भोलि तपाईँ प्राधनमन्त्री हुँदा पनि त्यस्तै हुने होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?