२६ असार, काठमाडौं । बंगलादेशसँगको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली बंगलादेश ढाका प्रस्थान गरेको हो ।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ ।
बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।
गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा छ ।
महिला फुटबल टोली
गोलकिपर– एन्जिला तुम्बापोा सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक – अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक) ।
प्रतिक्रिया 4