२६ असार, काठमामाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित लेखक नविन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको भन्दै उनले सबै मिलेर खेल क्षेत्रको विकासमा जुट्न आह्वान गरे ।
उनले भने, ‘सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रकोप्रवर्द्धन हुन सक्दैन । निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको अवस्था छ । निजी क्षेत्रलाई नजोडि खेल क्षेत्र अघि बढ्न सक्दैन भनेर विभिन्न कार्यक्रममा पनि जोडिरहेका छौं।’
मन्त्री लिम्बूले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया 4