२६ असार, काठमाडौं । श्रीलंकामा जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि युएईको ए टोली घोषणा भएको छ ।
इमिरेट्स क्रिकेट बोर्डले अली नासेरको कप्तानीमा १५ सदस्यी टोली मंगलबार घोषणा गरेको छ । जसमा केही सिनियर खेलाडी छैनन् ।
युएई ए सहित नेपाल, भारत ए र पाकिस्तान ए इमर्जिङ कपको समूह बी मा छन् । नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ भने जुलाई १७ मा भारत ए तथा जुलाई १९ मा युएई ए सँग खेल्नेछ ।
जिम्बाव्वेमा सम्पन्न क्रिकेट विश्वकप छनोट खेलेका ५ खेलाडी मात्र युएईको ए टिममा छन् ।
कप्तान नासेरसहित आर्यशं शर्मा सन्चित शर्मा, एथान डि सुजा र मुहम्मद जवादुल्लाहले मात्र इमर्जिङ कपमा निरन्तरता पाएका छन् ।
इमर्जिङ कपमा सहभागि ८ टिम मध्ये पाँच टेष्ट राष्ट्रका ए टोली हुनेछन् भने तीन एसोसिएट राष्ट्रले सिनियर टोली नै खेलाउने पाउनेछ ।
तर युएई र ओमानले केही खेलाडी घाइते भएकोले र अनुभवी खेलाडीलाई रेस्ट दिँदा ए टिम सहभागी गराएको छ भने नेपालले मात्र सिनियर टोली पठाएको छ ।
नेपालले एसिया कपमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्ने भएकोले एक्सपोजर र अनुभवका लागि ए टिम नै पठाएको क्यानले जनाएको छ । नेपालले जिम्बाव्वेमा गएको टिममा ५ खेलाडी परिवर्तन गरेको छ ।
प्रतिक्रिया 4