
फाइल तस्वीर ।
२७ असार, काठमाडौं । आज बस्ने भनिएको समाजवादी मोर्चाको बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ ।
प्रधानमन्त्री समेत रहेका मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डी पत्नी समेत रहेकी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।
‘आज बैठक नबस्ने भयो । अर्को बैठकका लागि नयाँ मिति तय गर्छौं,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।
दाहालको आज बिहान नर्भीक अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो ।
आकस्मिक कक्षमा सीपीआरलगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4