२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ ।
फाइनलमा पुग्ने क्रममा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा हराएको हो । पुलिसले २५-१६, २५-१५ र २६-२४ मा जित निकालेको हो ।
पहिलो सेटदेखि नै एपीएफमाथि हाबी भएको पुलिसले तिनै सेटमा फराकिलो जित हात पारेको हो ।
तेस्रो सेटमा २०-१६ सम्ममा अग्रता लिएको एपीएफले अग्रता जोगाउन नसक्दा सोझो सेटमा पराजित हुन पुगेको हो ।
यससँगै पुलिस अपराजित रहँदै १२ अंकको साथमा फाइनल प्रवेश गरेको छ ।
प्रतिक्रिया 4