
फाइल तस्वीर
२८ असार, काठमाडौं । सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना थप गरेको छ । २६ असारदेखि लागु हुनेगरी १ महिनाका लागि कार्यदलको म्याद थप भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२६ असारमा कार्यदलका संयोजक जयकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै एक महिना म्याद थप गर्न माग गरेको थियो ।
सोही आधारमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैंठकले कार्यदलको म्यादर एक महिना थप गर्ने निर्णय गरेको थियो ।
कार्यदलले प्रारमिभक प्रतिवेदन बुझाउँदै सहकारी क्षेत्र सुधारका लागि तत्काल गर्नुपर्ने २७ बुँदे सुझाव पेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4