+

एपीएफलाई हराउँदै टिपटप हेल्प नेपाल पुरूष भलिबलको फाइनल नजिक

२०८० असार  २८ गते १७:५३ २०८० असार २८ गते १७:५३
एपीएफलाई हराउँदै टिपटप हेल्प नेपाल पुरूष भलिबलको फाइनल नजिक

२८ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा एपीएफलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल नजिक पुगेको छ ।

एपिएफलाई ३–२को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट जितेको टिपटपले दोस्रो र तेस्रो सेट हार्न पुग्यो । पाँचौं तथा निर्णायक सेटमा एपीएफ म्याच प्वाइन्टमा पुग्दा १४–११ को अवस्था थियो । उक्त अवस्थाबाट खेलमा फर्केको हेल्प नेपालले लगातार पाँच अंक जोड्दै जित हात पारेको हो ।

हेल्प नेपालले अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा हेल्प नेपालले शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ ।

यदि पराजित हुँदा पनि फाइनल खेल्ने सम्भावना रहन्छ । हारेको खण्डमा भने टिपटपले नेपाल पुलिस र नेपाल एपीएफको नतिजामा भर पर्नु पर्नेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

एनभीए भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय