
काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को शीर्षक हेरफेर भएको छ । अब यो फिल्मको आधिकारिक टाइटल ‘एक भगवत् गीता’ तय भएको छ ।
निर्माताले शुक्रबार बिहान प्रिमियर तयारीमा रहेको टिजर भिडियोको युट्युव थम्बनेलमार्फत टाइटलबारे जानकारी गराएका हुन् । बिपिन कार्की, धीरज मगर र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्मलाई सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्मको टाइटल लोगो पनि हिन्दु धर्मग्रन्थ गीताकै स्वरुपमा डिजाइन गरिएको छ । फिल्मको बाँकी छायांकन साउन ३ गतेदेखि पोखरामा गर्ने योजना छ । अहिले फिल्मको धमाधम पोस्ट–प्रोडक्सन कार्य भैरहेको छ ।
फिल्मको बाँकी सुटिङ र प्रवद्र्धनका लागि अभिनेत्री थापा अमेरिकादेखि यतिबेला काठमाडौंमा आएकी छन् । निर्माता थापाका अनुसार ‘एक भगवत् गीता’पछि निर्माण कम्पनी ‘ए मेरो हजुर ५’को निर्माण तयारीमा छ ।
प्रतिक्रिया 4