+

एन्फा यू-१६ युथ लिग आजदेखि, मनाङ मर्स्याङ्दी र पुलिसबीच उद्घाटन खेल

२०८० असार  २९ गते १४:०४ २०८० असार २९ गते १४:०४
एन्फा यू-१६ युथ लिग आजदेखि, मनाङ मर्स्याङ्दी र पुलिसबीच उद्घाटन खेल

२९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक एन्फा यू-१६ युथ लिग हुने भएको छ ।

१० टिमले प्रतिस्पर्धा गर्ने लिगमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच शुक्रबार उद्घाटन खेल हुनेछ ।

खेल दिउँसो ३ बजे एन्फा कम्प्लेम्समासुरु हुनेछ । लिग आगामी ६ महिनासम्म चल्ने र विकेन्डमा खेल हुने एन्फाले जनाएको छ ।

ए डिभिजनका १२ मध्ये ८ टिम र बी डिभिजनमा घटुवा भएका दुई टिम एपीएफ र खुमलटारले युथ लिग खेल्दैछन् ।

लिगमा मनाङ र पुलिसहसति एफसी खुमलटार, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, फ्रेण्ड्स क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी, एपीएफ फुटबल क्लब, मछिन्द्र एफसीले सहभागिता जनाएका छन् ।

ए डिभिजनका जावालखेल युथ क्लब, थ्री स्टार क्लब, सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले भने सहभागिता जनाएको छैन ।

युथ लिगका खेलहरु एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र सल्लाघारीस्थित नेपाल आर्मीको मैदानमा हुनेछ ।

लिगमा दोस्रो दिन शनिबार चार खेल हुनेछन् । एन्फाले पहिलो ६ चरणका खेलतालिका सार्वजनिक गरेको छ ।

यू-१६ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय