
२९ असार, काठमाडौं । मकवानपुको थाहा नगरपालिका वडा नम्बर ८ मा अवैध रुपमा बालुवाखानी सञ्चालन भएको भन्दै रोक्न र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी प्रहरी कार्यालय उजुरी दिएका छन् ।
निवेदनमा ‘…विगत केही समयदेखि नै प्राकृतिक विनास हुने गरी वालुवा उत्खनन भइरहेको’ उल्लेख छ । वालुवा खानीका कारण वरपरका खेतबारीमा असर परेको, पानीको मुहान सुकेको, पहिरो जाने लगायतका समस्या देखा परेको भनिएको छ ।
बालुवाखानीले क्षति पुर्याएको हदसम्म क्षेतिपुर्ति दिलाइदिन समेत माग गरिएको छ ।
इलाका प्रहरी कार्यालय पालुङका प्रहरी जवान कृष्टल लामाले निवेदन प्राप्त भएको र दुवै पक्षलाई छलफलमा बोलाइएको जानकारी दिए । उनका अनुसार निवेदनमा नाम उल्लेख भएका र निवेदन दिने दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।
‘२७ गते निवेदन परेको थियो । २८ गते दुवै पक्षलाई बोलाएको विपक्षीहरु आएनन् । २९ गतेका लागि फेरि बोलाएको निवेदक पक्षहरु आएनन् । ३० गते फेरि दुवै पक्षलाई बोलाइएको छ’ दुवै पक्षलाई राखेर छलफल गर्छौं’ लामाले भने ।
हेर्नुहोस् निवेदन :
प्रतिक्रिया 4