+
+

खुल्यो स्वीडेनको सदस्यताको बाटो, नेटोले जोगायो आफ्नो प्रतिष्ठा

एजेन्सी एजेन्सी
२०८० असार २९ गते १७:२८

एजेन्सी- उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा  स्वीडेनको सदस्यता स्वीकृतिको बाटो खुलेसँगै नेटोले आफ्नो प्रतिष्ठा जोगाएको छ ।

रूसले युक्रेनमा आक्रमण गरेलगत्तै फिनल्याण्ड र स्वीडेनले सदस्यता लागि आवेदन दिएका थिए । फिनल्याण्डको सदस्यता स्वीकृत भएपनि टर्कीको अडानका कारण स्वीडेनको सदस्यता रोकिएको थियो ।

मंगलबार लिथुआनियामा जारी नेटो सम्मेलनमा टर्कीले स्वीडेनलाइ सदस्यता दिनका लागि स्वीकृति दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार टर्कीका राष्ट्रपति रिसेप तइप एड्रोगानलाइ स्वीडेनको सदस्यता स्वीकृतिमा बाधा नपुर्‍याउन अनुरोध गरेका थिए ।

नेटोका प्रमुख जेनस सोल्टेनवर्गले टर्कीले स्वीडेनलाइ सदस्यता दिनका लागि स्वीकृत दिएको बताएका छन् ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले यो समाचार आफ्नो मुलुकका लागि सुखद रहेको बताएका छन् । ‘यो कुरा स्वीडेनका लागि निकै सुखद र राम्रो समाचार हो,’ उनले भने ।

स्वीडेनले औपचारिक रूपमा नेटोको  सदस्यता पाउने वित्तिकै यसमा आवद्ध मुलुकहरूको संख्या ३२ पुग्नेछ । नेटोमा टर्कीलाइ भिटोको अधिकार छ । यही अधिकार प्रयोग गर्दै उसले स्वीडेनको सदस्यता रोक्दै आएको थियो ।

रक्षा मामिलामा अमेरिकासँग केही सम्झौतापछि टर्कीले स्वीडेनको सदस्यतामा बाधा नपुर्‍याएको बुझिएको छ । टर्कीका राष्ट्रपति एड्रोगानको निर्णयलाइ स्वागत गर्दै बाइडेनको तर्फबाट ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’टर्कीका राष्ट्रपति एड्रोगानको यो निर्णयको म स्वागत गर्छु र टर्कीसँग रक्षा मामिलामा सहकार्य सँगै युरो- एटलान्टिक क्षेत्रमा आइपर्ने सुरक्षा चुनौतीको मिलेर प्रतिरक्षा गर्नेछौँ । र स्वीडेनलाइ नेटोको ३२ औँ सदस्यका रूपमा स्वागत गर्दछु।’

नेटो प्रमुख सोल्टेनवर्गले यो निर्णय निकै ऐतिहासिक  रहेको बताएका छन् । राष्ट्रपति एड्रोगानको स्वीकृतिलाइ टर्कीको संसदले अनुमोदन गरेलगत्तै स्वीडेनले औपचारिक रूपमा नेटोको सदस्यता पाउनेछ ।

स्वीडेनको सैन्य संयन्त्र नेटोमा आवद्ध हुन लागि योग्य छ । स्वीडेन नेटोको स्थायी प्रतिनिधिमण्डल पनि हो भने यस गठबन्धनको सहयोगी पनि हो ।

 यसकारण रोक्दै आएको थियो टर्कीले स्वीडेनको सदस्यता

युरोप र मध्यपूर्वी राष्ट्रसँग सीमा जोडिएको टर्की रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र हो । नेटो आवद्ध मुलुकमध्ये सैन्य रूपमा सबल मध्ये टर्कीको स्थान दोस्रो छ । टर्कीकै अडानका कारण स्वीडेनको निवेदन स्वीकृत नभएको हो ।

शसस्त्र समूह कुर्दिसलाइ स्वीडेनले प्रोत्साहन गरिरहेको आरोप टर्कीले लगाइरहेको छ । स्वीडेनले कुर्दिसमा आवद्ध हुनुनै अपराध रहेको कानुन बनाएपनि टर्कीले आरोप लगाउन छोडेको छैन ।

स्वीडेनले टर्कीविरूद्धका प्रदर्शनलाइ प्रोत्साहन गरेको उसको आरोप छ । स्टकहोममा रहेको टर्कीको राजदूतावासअघि कुरान जलाउने उग्रपन्थीको कार्यमा स्वीडेनको सरकारले समर्थ गरेको टर्कीको आरोप छ ।

टर्कीले अमेरिकाबाट एफ-१६ लडाकु विमान आयातका लागि अमेरिकी संसदको अनुमोदन खोजिरहेको छ ।

अमेरिकी अधिकारीहरूले स्वीडेनलाइ नेटोको स्वीकृति नदिएसम्म संसदीय अनुमोदन गर्न नसकिने जवाफ दिइरहेका थिए । यसमा लेनदेन भएसँगै टर्कीले स्वीकृत  दिएको हुनसक्ने चर्चा भइरहेको छ  ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?