
Photo Credit : Rajan Kafle
२९ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् । साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् ।
शुक्रबार मात्र काठमाडौंका आएका लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4