+
+

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १५:१९

३० असार, दाङ । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् ।

शुक्रबार जंगलमा भटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका- १ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।

खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका- १ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए ।

बिरामी दुवैको प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडाध्यक्षका कुवँरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?