+
+

कोरियामा भीषण वर्षा र बाढीका कारण २० जनाको मृत्यु, हजारौं विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १६:०१

३० असार, काठमाडौं । दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन् । तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन् ।

शनिबार सबेरै मध्यउत्तरी क्षेत्रको चुङचेओङ प्रदेशस्थित एक बाँध भरिएर पानी खसेको थियो । प्रधानमन्त्री हान डक सुले सेनालाई उद्दार कार्यमा सहायता गर्न निर्देशन दिएका छन् । त्यहाँ १० जना हराइरहेका छन् भने अरु धेरै घाइते भएका कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।

हजारौं नागरिक स्थानीय सरकारको निर्देशनपछि घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन् । शनिबार विहान साढे ६ बजे गोयसान बाँध भरिएर पानी खस्न थालेपछि ६ हजार ४०० जनाले निवास छाडेका योनहापले उल्लेख गरेको छ ।

बाँध नजिकैका वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । कोरियाको रेल सेवा प्रदायक कोरेलले सुस्त गतिका सबै रेलसेवा बन्द गरेको छ भने केही बुलेट ट्रेन सेवा पनि रोकेको छ । शुक्रबार साँझ उत्तरी चुङचोङमा पहिरो खसेका कारण रेल सेवा अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?