+

१५ वर्षपछि आरोन राम्से कार्डिफ फर्किए

२०८० असार  ३१ गते ८:१५ २०८० असार ३१ गते ८:१५
१५ वर्षपछि आरोन राम्से कार्डिफ फर्किए

३१ असार, काठमाडौं । वेल्सका कप्तान आरोन राम्से १५ वर्षपछि कार्डिफ सिटी फर्किएका छन् ।

३२ वर्षीय राम्सेले इंग्लिस दोस्रो श्रेणी च्याम्पियनसिप क्लब कार्डिफसँग दुई वर्षको सम्झौता गरेका छन् ।

आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका राम्सेले आपसी सहमतिमा फ्रेन्च क्लब नाइस छाडेपछि आश्चर्यजनक रुपमा कार्डिफ पुगेका हुन् ।

‘अन्तत यहाँ फर्कुन अविश्वसनीय अनुभव भएको छ । मैले सधैँ सोचिरहेको हुन्थे कि एक दिन म फर्कनेछु । र त्यसका लागि यो सही समय हो,’ राम्सेले भने ।

९ वर्षको उमेरदेखि नै कार्डिफको युथ एकेडेमीमा रहेका राम्सेले २००६ देखि २००८ सम्म कार्डिफको सिनियर टिममा खेलेका थिए । त्यसपछि पनि बर्सनलमा अनुबन्ध भए ।

आर्सनलमा रहँदा नटिङहम फरेस्ट र कराडिफमा लोनमा खेलेका उनी २०१९ मा इटालियन क्लब युभेन्ट्स पुगेका थिए भने २०२२ मा नाइस पुगे ।

२००८ मा वेल्सका लागि डेब्यु गरेका उनले राष्ट्रिय टिमा ८२ क्याप जित्दै २० गोल गरेका छन् ।

आरोन राम्से कार्डिफ सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय