+
+

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो

रासस रासस
२०८० असार ३१ गते १६:१९
Photo Credit : RSS

३१ असार, संखुवासभा । सङ्खुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको एक महिना पछि  एउटा शव फेला परेको हो ।

आज बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

यही असार २ गते राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २२ जना बेपत्ता भएका थिए। बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुर थिए ।

बाढीपहिरामा परेका अन्य १८ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । पहिरोमा पुरिएका वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन ।

बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ । बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीका कारण  करोडौँका भौतिक संरचनामा क्षति पुगेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?