+

मेक्सिकोले जित्यो कन्काकाफ गोल्डकपको उपाधि

२०८० साउन  १ गते १०:१९ २०८० साउन १ गते १०:१९
मेक्सिकोले जित्यो कन्काकाफ गोल्डकपको उपाधि

१ साउन, काठमाडौं । सान्टियागो गिमिनेजको निर्यायक गोल मद्दतमा मेक्सिकोले कन्काकाफ गोल्डकपको उपाधि जितेको छ । सोमवार बिहान अमेरिकामा भएको प्रतियोगिताको फाइनलमा मेक्सिको पानामालाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

क्यालिफर्नियास्थित सोफी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सान्टियागो गिमिनेजले ८८ औं मिनेटमा एक मात्र गोल गरे । उनले ओर्बिलिन पिनेदाको पासमा गोल गरे ।

उत्तर तथा मध्य अमेरिकी क्षेत्रको १६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा मेक्सिकोले सेमिफाइनलमा जमैकालाई तथा पानामाले आयोजक अमेरिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

अहिलेसम्म १७ संस्करण आयोजना हुँदा मेक्सिकोले सर्वाधिक ९ पटक कन्काकाफ गोल्डकप उपाधि जितेको छ । अमेरिकाले ७ पटक उपाधि जित्दा क्यानडाले एक पटक उपाधि जितेको छ ।

मेक्सिको
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय