
काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी भदौ २१ गतेदेखि मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने भएका छन् । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ रिलिजसँगै नयाँ बानेश्वरको बानेश्वरमा मलस्थित हललाई औपचारिक रुपमा सञ्चालनमा ल्याउने उनले निधो गरेका हुन् । ‘जवान’ रिलिजको दुई साताअघि ‘सफ्ट–लन्च’ गर्ने तयारी छ ।
हल सञ्चालक तथा अभिनेता गिरीले ‘जवान’ स्क्रिनिङसँगै मल्टिप्लेक्स चल्ने र त्यसको दुई साताअघि सफ्ट–लन्चको तयारी भइरहेको बताए । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्दैछ ।
आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले पनि ‘जवान’ रिलिजसँगै आफूहरुले हललाई चलाउने बताए । पछिल्लो समय अन्य विदेशी र नेपाली फिल्मले समेत कमजोर व्यापार गरिरहेको बेला शाहरुख खानको ‘जवान’ले हलसम्म दर्शक तान्न सक्ने आशा सञ्चालकमा छ । चलचित्र विकास बोर्डका अनुसार शाहरुखको ‘पठान’ले नेपाली बक्स अफिसमा १० करोड नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।
यसबाहेक अभिनेता तथा निर्माता गिरी कम्तीमा तीन फिल्म निर्माणको तयारीमा जुटेका छन् । हलसँगै फिल्मको लाइनअपको कारण उनको आउँदो वर्ष निकै व्यस्त हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4