+
+

प्रधानमन्त्री प्रचण्डबारे गलत प्रचार गरेको आरोपमा राना बुटवलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १३:३५

१ साउन, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेको आरोपमा देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ परेका हुन् ।

केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट रानालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।

उनलाई काठमाण्डौमा साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने थापाले बताए । रानाले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?