+
+

१० प्रहरी कर्मचारीलाई विशेष बढुवा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १५:३३

१ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले १० जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् ।

कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी वरिष्ठ हवल्दार ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् ।

आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् ।

त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गरेका छन् ।

विशेष ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सहवीर अलि अन्सारीले पनि विशेष बढुवा पाएका छन् ।

प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ ।

यसरी एक आर्थिक वर्षमा १० जनासम्मलाई बढुवा गर्नसक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?