
१ साउन, रुकुम पूर्व । पूर्वी रुकुमको भूमे गाउँपालिका-१ लुकुम (लुगुम) गाउँमा साउन १ गतेलाई राख्या तिवार भनिन्छ ।
जानकारका अनुसार राँ भनेको आगो ख्या भनेको फाल्ने । यसरी घरभित्र लुकेर बसेका अदृश्य राकस, रोग व्याधि काना राकस, दुना राकसलाई आगोको माध्यमबाट धपाउनु हो ।
कसरी गरिन्छ आगो पूजा ?
राँख्या तिवारमा राक्षसलाई धपाउन आगोको पूजा गरिन्छ । पूजाको बेला दुई राँका निस्कन्छ । चौयाले बनेको काप्चेमा माथिल्लो तलामा एउटा राँका र तल्लो तलामा अर्को राँका हुन्छ । माथिल्लो राँका आकाशलाई र तल्लो तलाको राँका धरतीका लागि ।
चुलोबाट राँका बाहिर निकाल्दा हो हो हो घर भित्र लुकेर बसेका सवै राकसहरु भाग नत्र यसै आगोले हान्छु भन्दै राँका बहिर निकालिन्छ । फेरि चुलोको चार ओटा अगुल्टो तानेर चार दिशामा फालिन्छ । यो दिन फालेको अगुल्टोले कुनै घरमा क्षति गर्दैन भन्ने मान्यता छ ।
तस्वीरहरु : कमल प्रसाईं
प्रतिक्रिया 4