+
+

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते ६:५७

२ असाउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ ।

लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।

पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ ।

उक्त छलफलमा सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावसमेत गरेका थिए । तर, त्यस विषयमा फरकफरक मत आएकोले के गर्ने भन्ने टुंगिएको छैन ।

यस्तो छन् बैठकका एजेन्डा :

१. समसामयिक विषय ।

२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।

३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।

४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।

५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।

६. विभाग गठनसम्बन्धी प्रस्ताव ।

७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।

८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव

९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।

१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?