+
+

कांग्रेस बैठकमा महामन्त्रीको प्रस्ताव : विभाग थपेर भदौ १६ भित्र पूर्णता दिइसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १४:४५

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभागहरु थप्ने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताए ।

यसको प्रस्ताव बैठकमा आउने भन्दै उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ विभागहरुले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ ।

साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?