
सिनामंगलमा फेला परेको शंकास्पद वस्तु
३ साउन, काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने उनले बताए ।
तस्वीर : शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4