
काठमाडौं | ‘आईएमई पे’ ले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै ‘आईएमई पे’ले यो अभियान सुरु गरेको जनाएको छ । यो अफर साउन महिनासम्म लागू हुने छ ।
यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम ‘आईएमई पे’ वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउने छन् ।
अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप समेत प्रदान गरिनेछ ।
यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्वीर तथा भिडियो ‘आईएमई पे’को सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।
यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुरू गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4