
५ साउन, काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ ।
शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले बताएका छन् ।
फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो ।
तर, सिसडोलमै स्थानीयले रोकेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । अहिलेपनि स्थानीयको अवरोधले फोहोरको गाडी अगाडि बढ्न नसकेको घिमिरेले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4