
५ साउन, विराटनगर । सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको छ ।
मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो । धरान-इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ ।
चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ । गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए । गोली प्रहार हुनुको कारण नखुलेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4