+
+

नेपाली हलमा शनिबार ‘जारी’को १०० दिन, कमाइ १७ करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते ११:३२

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ प्रदर्शनको शनिबार सय दिन पुगेको छ । बैशाख १ प्रदर्शनमा आएको फिल्मले शनिबार केही नेपाली हलमा उक्त उपलब्धी हासिल गरेको हो ।

निर्माता रामबाबु गुरुङले क्यूएफएक्सको सेन्ट्रल सिनेमा, बिग मूभिज र एफक्यूब हलमा सयदिन प्रदर्शन भएको बताए । अभिनेता राई, अभिनेत्री मगरसहित फिल्म क्रिउले सामाजिक संजालमार्फत सयौं दिनको खुशि व्यक्त गरिरहेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले नेपाली बक्सअफिसमा असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार ‘जारी’को कमाइ ‘छक्कापञ्जा ४’ भन्दा ३५ लाख रुपैयाँले पछि मात्र छ ।

सयदिन मनाउन निर्माताले शनिबार ‘सक्सेस सेलिव्रेसन’ समारोह आयोजना गरेका छन् । ‘कबड्डी’ निर्माता तथा निर्देशक रामबाबु गुरुङको यो लगातार तेस्रो हिट फिल्म हो । ‘कबड्डी ४’, ‘फूलबारी’पछि ‘जारी’ले बक्सअफिसमा कीर्तिमान रचेको हो ।

‘जारी’ले विदेशमा समेत उछाल कमाइ गरेको थियो । मध्यपूर्व, अष्ट्रेलिया, बेलायत लगायतका थलोमा फिल्मले आक्रामक कमाएको तथ्यांक छ । लिम्बु समुदायको जारी प्रथाको कथावस्तुमा बनेको फिल्मले उक्त समुदायको वैवाहिक संस्कृति र संस्कारको कथा पेश गर्छ ।

खासगरि पूर्वी नेपालका सहरमा यो फिल्म ८० दिनसम्म चलेको थियो । पोखरा लगायतका थलोमा पनि फिल्म रुचाइयो । समुदायको कथालाई मूलधारको फिल्ममा ल्याएको भन्दै समीक्षकले यो फिल्मको प्रशंसा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?