+
+

मिस्टर नेपाल-२०२३ को उपाधि समर्पण कार्कीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ११:३२

काठमाडौं । मिस्टर नेपाल-२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए ।

शनिबार अबेर राति सम्पन्न फिनालेमा विजयी घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल समेत जिते ।

मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, पब्लिक च्वाइस विजय दुवाडी, मस्ट फोटोजेनिक असिम लामिछाने, मस्टर पपुलर रामनाथ गिरी, मिस्टर एक्टिभ प्रेमकुमार यादव, बेस्ट स्किन मिराज कार्की, बेस्ट हेयर राजीव तिवारी, मेन्स च्वाइस लोकेश प्राधानांग घोषित भए ।

फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी निर्णायकको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?