+
+

सर्वकालीन ५० एक्सन फिल्मको सूची सार्वजनिक, शीर्षस्थानमा ‘म्याड म्याक्स : रोड वारिअर’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:५५

काठमाडौं । तपाईंलाई एक्सन जनराका फिल्ममा रुचि छ भने नयाँ खबर हुन सक्छ । प्रतिष्ठित भेराइटी म्यागजिनले सर्वकालीन ५० एक्सन फिल्मको सूची सार्वजनिक गरेको छ, जुन तपाईंको ‘वाच लिस्ट’मा रहन सक्छन् ।

यो सूचीमा आर्नोल्ड स्वार्जनगेर, ब्रुसलीका फिल्म समावेश अवश्य छन् । सूचीमा समावेश अधिकांश एक्सन फिल्ममा मार्सल आर्ट्स विधाको दबदबा छ । दर्शकलाई शा ब्रदर्सको क्लासिक्स एक्सन मन पर्न सक्छ, तर मार्सल आर्ट्स यति विकसित भइसकेको छ कि एक्सन फिल्मभन्ने बित्तिकै दर्शकलाई त्यो कुराको ख्याल आउँछ ।

सूचीको शीर्षस्थानमा सन् १९७९ मा रिलिज भएको जर्ज मिलर्स निर्देशित ‘म्याड म्याक्स’ छ । यो ड्राइभ-इन-फिल्म बजेटमा बनाइएको थियो तर यस्तो विश्वव्यापी घटना बन्यो कि मिलरले यसको श्रृंखलालाई धेरै ठूलो, थप डरलाग्दो, अधिक भव्य रूपमा बनाउन सक्षम भए । यसको सिक्वेल ‘द रोड सर्भाइभल’ अर्को हिट फिल्म हो ।

दोस्रो स्थानमा सन् १९८८ मा रिलिज भएको ब्रुस विलिस स्टारर ‘डाइ हार्ड’ छ । तेस्रो स्थानमा अल्फ्रेड हिचककको क्लासिक थ्रिलर फिल्म ‘नर्थ बाइ नर्थवेस्ट’ छ । चौथो स्थानमा स्टिभन स्पिलवर्ग र जर्ज लुकासको संयुक्त फिल्म ‘रेइडर्स अफ द लास्ट आर्क’ छ । पाँचौंमा मार्सल आर्ट्स स्टार ब्रुस लीको ‘इन्टर द ड्रागन’ छ ।

छैटौंमा सन् १९७१ मा रिलिज भएको जिन ह्याकम्यान स्टारर ‘द फ्रेन्च कनेक्सन’ छ । सातौंमा सन् १९९९ मा रिलिज भएको साइबरपंक–भिडियो गेम जनराको ‘द म्याट्रिक्स’ छ । आठौं स्थानमा सन् १९८६ मा रिलिज भएको ‘एलियन्स’ छ । नवौं स्थानमा ‘सेभेन सामुराइ’ छ भने दशौं स्थानमा ‘बुलिट’ छ ।

क्वान्टिन टारान्टिनाको महिला एक्सन फिल्म ‘किल बिल’ १३ औं स्थानमा छ । आर्नोल्ड स्वार्जनेगर स्टारर ‘टर्मिनेटर : जजमेन्ट डे’ १७ औं स्थानमा रहँदा बीसौं स्थानमा आङ लीको ‘क्राउचिङ टाइगर : हिडन ड्रागन’ छ । २३ औं नम्बरमा ज्याकिन फिनिक्स र रसेल क्रोको ‘ग्लेडिएटर’ छ भने २७ नम्बरमा ज्याकी च्याङको ‘पुलिस स्टोरी’ छ ।

२८ औं स्थानमा ‘म्याड म्याक्स फ्युरी रोड’, ३० औंमा टम क्रुजको ‘मिसन इम्पोसिबल : घोस्ट प्रोटोकल’ छ । आर्नोल्ड स्वार्जनेगरको ‘कमाण्डो’, वीन डिजेलको ‘फास्ट फाइभ’, डेनियल क्रेगको ‘क्यासिनो रोयल’, लियोनार्दो डिक्याप्रियो स्टारर ‘इनसेप्सन’, टम क्रुजको ‘टपगन : माभेरिक’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?