७ साउन, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ ।
समूह ई अन्तर्गत न्युजिल्याण्डको डुनेडिन स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सले डेब्युटान्ट पोर्चुगललाई १-० ले हरायो ।
पहिलो हाफमाना स्टेफानी भान डेर ग्राटले गरेको गोल नै नेदरल्याण्ड्सको जितमा निर्णायक बन्यो ।
ग्राटले १३औं मिनेटमा गोल गरेकी थिइन् । जितपछि नेदरल्याण्ड्सले अमेरिका समान ३ अंक जोडेको छ ।
गोल अन्तरका आधारमा अमेरिका शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4