+

पाकिस्तान ‘ए’ले दियो भारत ‘ए’लाई ३५३ रनको चुनौती

२०८० साउन  ७ गते १८:१३ २०८० साउन ७ गते १८:१३
पाकिस्तान ‘ए’ले दियो भारत ‘ए’लाई ३५३ रनको चुनौती

७ असार, काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको फाइनलमा पाकिस्तान ए ले जितका लागि भारतको ए लाई ३५३ रनको लक्ष्य दिएको छ ।

चौथो क्रमका ब्याटर तयाब ताहिरको शतकीय पारीमा पाकिस्तान ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको हो । चौथो क्रमका ब्याटर तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्का सहित १०८ रनको उत्कृष्ट पारी खेले ।

श्रीलंकाको आर प्रेमादशा स्डेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान ए का लागि पहिलो विकेटका लागि ओपनरद्धय सैम अयुब र शहिबजादा फरानले १२१ रनको उत्कृष्ट साझेदारी गरेका थिए । अयुबले ५१ बलमा ७ चौका र २ छक्का सहित ५९ रन बनाए ।

अर्का ओपनर शहिबजादा फरिन २१.१ ओभरमा रन लिन कुद्ने क्रममा लड्दा रन आउट हुन पुगेका थिए ।

वान डाउन ब्याटर ओमेर युसुफ ३५ बलमा ३५ रन बनाउँदै रियान परागबाट क्याच एण्ड बोल्ड भए । चौथो र पाँचौं विकेट निकै सस्तैमा गएको पाकिस्तान ए का लागि छैटौं विकेटका लागि तयाव ताहिर र मुबासिर खान १२६ रनको साझेदारीले खेललाई पुन: पाकिस्तानतर्फ फर्काएको हो ।

सातौं विकेटका लागि मुबासिर खानसँग ९ रनको मात्रै साझेदारी गर्दै ३५ रन बनाएर मुबासिर खान क्याच आउट भए । मेहरान मुम्ताज १० बलमा १३ रनसहति हर्षित रानाको बलमा इस्साइड एज लागेर विकेटकिपर जुरेलको हातबाट क्याच भए ।

मोहम्मद वासिम जुनियर १७ र सुफियान मकिम ४ रनमा अविजित रहे । भारत ए का लागि रियान पराग र राजथवर्धन हाङ्गारगेकरले समान २–२ विकेट लिए । हर्षित राना, मानव सुतार र निशान्त सिन्धुले समान १–१ विकेट लिए ।

इमर्जिङ टिम्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय